यस महावाणिज्यदूतावासले निम्न अवस्थामा रहेका नेपाली नागरिकहरूको उद्दार, घर फिर्ती, राहत लगायतका आवश्यक सहयोग प्रदान गर्नेछः

  • बेचबिखनमा परेका वा हराइ वेपत्ता भई फेला परेका नेपाली नावालकहरू
  • बेचबिखनमा परेका नेपाली महिलाहरू
  • मानसिक र शारीरिक रूपमा अशक्त नेपाली नागरिक जसको पारिवारिक सदस्य सम्पर्कमा छैनन्
  • उद्दार गरी नेपाल फर्काउनुपर्ने आर्थिक रूपमा अत्यन्तै कमजोर नेपाली नागरिक
  • नेपाली नागरिक पहिचान हुने कागजात गुमाएका नेपाली नागरिकलाई आवश्यक सहयोग
  • बिरामी परेका नेपाली नागरिक
  • मृतक नेपाली नागरिक
  • कारागारमा जेल सजाय भोगिरहेका नेपाली नागरिक
  • नेपाली नागरिकहरूका लागि आवश्यक कानूनी सहयोग