कागजात प्रमाणीकरण
प्रमाणिकरण गर्नुपर्ने नेपाली कागजातहरू महावाणिज्यदूतावासमा प्रमाणिकरणको लागि पेश गर्नु अघि अनिवार्य रूपमा काठमाडौँ, नेपालस्थित दूतावासीय सेवा विभागको छाप र हस्ताक्षर भएको हुनुपर्छ।
प्रमाणिकरण गर्नुपर्ने भारत सरकारबाट जारी कागजातहरू अनिवार्य रूपमा भारत सरकारको विदेश मन्त्रालयको कोलकातास्थित शाखा सचिवालयबाट छाप लगाई हस्ताक्षर भएको हुनुपर्छ।