ई-पासपोर्ट
आवेदकहरूले राहदानी बनाउन महावाणिज्यदूतावासमा जान अघि अनिवार्य रूपमा अनलाइन फाराम भर्नुपर्नेछ।
ई-पासपोर्ट प्रणालीका लागि आवेदकहरू अनिवार्य रूपमा स्यम् उपस्थित हुनुपर्नेछ।
ई-पासपोर्टको लागि फाराम भर्न:
यो लिङ्क खोल्नुहोस्: https://emrtds.nepalpassport.gov.np/
आवेदकहरूले अपलोड गर्नुपर्ने कागजातहरू:
नयाँ पासपोर्ट बनाउन वा नवीकरण गर्नका लागि:
- नेपाली नागरिकता प्रमाणपत्र (अगाडिको र पछाडिको पृष्ठ)
- नवीकरणको हकमा:
- हालको पासपोर्टको अगाडिको पृष्ठ (फोटो भएको पृष्ठ र पृष्ठ ३)
- पछाडिको पृष्ठ (पृष्ठ ३१)
हराएको/चोरी भएको पासपोर्ट पुनः बनाउनका लागि:
- नेपाली नागरिकता प्रमाणपत्र (अगाडिको र पछाडिको पृष्ठ)
- हालको पासपोर्टको अगाडिको पृष्ठ (फोटो भएको पृष्ठ र पृष्ठ ३)
- पछाडिको पृष्ठ (पृष्ठ ३१)
राहदानीमा कुनै क्षति भई नयाँ बनाउन परेमाः
- नेपाली नागरिकता प्रमाणपत्र (अगाडिको र पछाडिको पृष्ठ)
- हालको पासपोर्टको अगाडिको पृष्ठ (फोटो भएको पृष्ठ र पृष्ठ ३)
- पछाडिको पृष्ठ (पृष्ठ ३१)
नाबालकको नयाँ वा नवीकरणका लागि:
- नाबालकको नागरिकता प्रमाणपत्र
- अभिभावकहरूको विवाह दर्ता प्रमाणपत्र
- अभिभावकहरूको पासपोर्ट (फोटो भएको पृष्ठ र पृष्ठ ३)
- अभिभावकहरूको नागरिकता प्रमाणपत्र (अगाडिको र पछाडिको पृष्ठ)
- नवीकरणको हकमा: हालको पासपोर्टको अगाडिको पृष्ठ (फोटो भएको पृष्ठ र पृष्ठ ३) र पछाडिको पृष्ठ (पृष्ठ ३१)
फारम अनलाइन बुझाएपछि उक्त फाराको एक प्रति प्रिन्ट गरेर महावाणिज्यदूतावासमा लिएर आउनुहोला।
पासपोर्ट हस्तान्तरणः
राहदानी विभाग काठमाडौंबाट नयाँ पासपोर्ट बनेर आए पछि लिन आउनका लागि जानकारी दिइनेछ। नयाँ पासपोर्ट लिन आउँदा, अघिल्लो पासपोर्ट रद्द गर्न महावाणिज्य दूतावासमा पेश गर्नुपर्नेछ।
आवेदन प्रक्रियामा लाग्ने समय:
- दुई महिना
थप जानकारीका लागि कृपया काठमाडौँस्थित राहदानी विभागको वेबसाइट हेर्नुहोला: https://nepalpassport.gov.np/