NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलागा त्रयोदशी - २८

धेरै सोधिने प्रश्ननोत्तर

यस महावाणिज्यदूतावासका सेवाहरू सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू

भारतीय नागरिकका लागि

1. के भारतीयहरूले नेपाल यात्रा गर्न भिसा आवश्यक पर्छ?

पर्दैन, नेपाल र भारतबीचको शान्ति तथा मैत्री सन्धि अनुसार दुबै देशका नागरिकहरू एक अर्काको देशमा आवतजावत गर्न भिसा आवश्यकता पर्दैन।

2. नेपाल यात्रा गर्न भारतीय नागरिकहरूलाई के कस्ता कागजात आवश्यक पर्छ?

भारत सरकारद्वारा जारी सरकारी परिचय पत्र जस्तै मतदाता परिचय पत्र, आधार कार्ड, चालक अनुमति पत्र वा राहदानी अनिवार्य हुन्छ। राहदानी यीमध्ये सबैभन्दा उपयुक्त विकल्प हो।

नेपाली नागरिकका लागि

3. नेपाली नागरिकका लागि नयाँ राहदानी लिन आवश्यक कागजातहरू के के हुन्?

- राहदानी जारी गर्नका लागि निवेदन।

- नेपालको सरकारले जारी गरेको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, वा पुरानो राहदानी मध्ये कम्तीमा एउटा सक्कल कागजात।

- नावालकका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नावालक परिचयपत्र

- राहदानी नवीकरणको हकमा, पछिल्लो जारी राहदानीको सक्कल अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

4. के भारतीय विमानस्थल प्रयोग गरी तेस्रो देश यात्रा गर्ने सबै नेपाली नागरिकहरूलाई नो अब्जेक्सन सर्टिफिकेट (NOC) आवश्यक पर्छ?

NOC निम्न देशहरूमा जाने नेपाली नागरिकहरूको लागि मात्र आवश्यक हुन्छ:

साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (UAE), ओमान, बहराइन, इराक, लिबिया र लेबनान।

यो महावाणिज्यदूतावासबाट पश्चिम बङ्गालका विमानस्थलहरूबाट सीधा अन्तर्राष्ट्रिय उडान हुने नेपालीहरूलाई मात्र NOC जारी गरिन्छ।

5. ट्राभल NOC प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन्?

- यात्रुको राहदानी सक्कल र प्रतिलिपि।

- गन्तव्य देशको भिसा र हवाई टिकट।

- रोजगारीको लागि जाँदै गरेको हकमा, नेपाल सरकारको वैदेशिक रोजगार विभागद्वारा जारी रोजगार अनुमति पत्र।

- विगतमा भारत बाहेक अन्य देशहरूमा यात्रा गरेको भए, यात्रा सम्बन्धी प्रमाणहरू (भिसा, प्रस्थान/आगमन छापहरू, आदि)।

- भारतमा अध्ययन वा रोजगारीका लागि बसोबास गरेको हकमा सो पुष्ट्याई गर्ने कागजातहरू।

- माथि उल्लिखित देशहरूमा यात्रा गर्नुको कारण स्पष्ट गरिएको निवेदन।

- कन्सुलेटले निवेदनका आधारमा NOC जारी गर्न वा अस्वीकार गर्न सक्नेछ।

6. भारतमा मृगौला वा कलेजो प्रत्यारोपणका लागि दूतावासबाट सिफारिसपत्र लिन आवश्यक कागजातहरू के के हुन्?

- नेपाल सरकारको कन्सुलर सेवा विभागको सिफारिस।

- सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस।

- दाता र प्राप्तकर्ताबीचको नाता प्रमाणपत्र।

- नेपाल सरकारको मेडिकल बोर्डको सिफारिस।

- नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अनुमति पत्र।

- दाता र प्राप्तकर्ताको नागरिकता वा राहदानीको प्रतिलिपि।

- दाता र प्राप्तकर्ताको सहमति पत्र।

- दाता र प्राप्तकर्ताका फोटोहरू।

- NOC का लागि निवेदन।

- स्वयं महावाणिज्यदूतावासमा उपस्थित हुनुपर्नेछ।

7. के आधार कार्ड प्राप्त गर्न NOC महावाणिज्यदूतावासब जारी हुन्छ?

आधार कार्डका लागि NOC जारी गरिदैन। तर, विदेशी कोटामा बैंक खाता खोल्न सम्बन्धित बैंकलाई अनुरोधपत्र प्रदान गर्न सकिन्छ।

8. नेपालबाट भारतमा उच्च शिक्षा अध्ययनका लागि NOC प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन्?

- नेपालमा प्राप्त शैक्षिक प्रमाणपत्रहरू नेपाल सरकारको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको हुनुपर्ने

- सबै शैक्षिक प्रमाणपत्रहरूको सक्कल प्रति।

- नेपाली नागरिकता वा राहदानी।

9. नेपाली नागरिकले भारतीय नागरिकसँग विवाह गर्न पश्चिम बङ्गालमा विवाह दर्ताका लागि NOC प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन्?

- नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा प्रमाणीकरण गरिएको अविवाहित प्रमाणपत्र।

- अभिभावकको स्वीकृति पत्र।

- दुबै तर्फको अभिभावकको नागरिकता प्रमाणपत्र/राहदानीको प्रतिलिपि।

- नवविवाहित जोडीको नागरिकता प्रमाणपत्र वा राहदानीको प्रतिलिपि।

- विवाह समारोहको बेला खिचिएको फोटो।

- नवविवाहित जोडी दूतावासमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्नेछ।

- NOC का लागि निवेदन पत्र।