नेपाली महावाणिज्यदूतावास कोलकाताको सेवाप्रवाह सम्बन्धममा बारम्बार सोधिने प्रश्नहरू (FAQs)
- नेपाली महावाणिज्यदूतावास कोलकाताको कार्यक्षेत्रमा भारतको कुन कुन क्षेत्र पर्दछ?
- नेपाली महावाणिज्यदूतावास कोलकाताको कार्यक्षेत्रमा भारतको पश्चिम बंगाल राज्य मात्र पर्दछ।
कन्सुलरसँग सम्बन्धित:
- Do Indian citizens require a visa to travel to Nepal?
- No. Under the provisions of the India-Nepal Treaty of Peace and Friendship, citizens of Nepal and India are permitted to travel to, reside in, and move freely within each other's countries without the requirement of a visa.
- What documents are required for Indian and Nepali citizens to travel to Nepal and India?
- Indian citizens travelling to Nepal are required to carry either a valid passport or a valid Voter Identity Card issued by the Government of India.
- भारत यात्रा गर्न नेपाली नागरिकले राहदानी (पासपोर्ट) वा नेपाली नागरिकता प्रमाणपत्र मध्ये कुनै एक कागजात अनिवार्य चाहिन्छ ।
- नेपाली नागरिकका लागि नयाँ राहदानी बनाउन वा नविकरण गर्नको लागि आवश्यक कागजातहरू के के हुन्?
- राहदानी जारी गर्नका लागि रितपूर्वक अनलाईन भरेको निवेदन।
- नेपालको सरकारले जारी गरेको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, वा पुरानो राहदानी मध्ये कम्तीमा एउटा सक्कल कागजात।
- नावालकका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नावालक परिचयपत्र।
- राहदानी नवीकरणको हकमा, पछिल्लो जारी राहदानीको सक्कल अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
- राहदानी नविकरण सम्बन्धी थप जानकारी राहदानी विभागको https://nepalpassport.gov.np लिङ्कमा क्लिक गरी प्राप्त गर्न सकिने ।
- नियमानुसार तोकिएको शुल्क।
- नेपाल फर्कने नेपाली नागरिकको एकतर्फी यात्रा कागजात (One-Way Travel Document) प्राप्त गर्न कुन-कुन कागजातहरू चाहिन्छन्?
- राहदानी वा नेपाली नागरिकताको प्रतिलिपि।
- २ प्रति पासपोर्ट साइज फोटो।
- राहदानी वा नागरिकता प्रमाणपत्र नभएको कारण खुलाई दूतावास समक्ष एकतर्फी यात्रा कागजातका लागि निवेदन।
- नियमानुसार तोकिएको शुल्क।
- के भारतीय विमानस्थल प्रयोग गरी तेस्रो देश यात्रा गर्ने सबै नेपाली नागरिकहरूलाई नो अब्जेक्सन सर्टिफिकेट (NOC) आवश्यक पर्छ?
- निम्न देशहरु: साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स UAE), ओमान, बहराइन, इराक, लिबिया र लेबनान देशहरूमा यात्रा गर्ने नेपाली नागरिकहरू बाहेको अन्य देशमा यात्रा गर्नेको लागि NOC आवश्यक पर्दैन
- यो महावाणिज्यदूतावासबाट पश्चिम बङ्गालका विमानस्थलहरूबाट सीधा अन्तर्राष्ट्रिय उडान हुने नेपालीहरूलाई मात्र NOC जारी गरिन्छ।
- ट्राभल NOC प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन्?
- यात्रुको राहदानी सक्कल र प्रतिलिपि।
- गन्तव्य देशको भिसा र हवाई टिकट।
- रोजगारीको लागि जाँदै गरेको हकमा, नेपाल सरकारको वैदेशिक रोजगार विभागद्वारा जारी रोजगार अनुमति पत्र।
- विगतमा भारत बाहेक अन्य देशहरूमा यात्रा गरेको भए, यात्रा सम्बन्धी प्रमाणहरू (भिसा, प्रस्थान/आगमन छापहरू, आदि) ।
- भारतमा अध्ययन वा रोजगारीका लागि बसोबास गरेको हकमा सो पुष्ट्याई गर्ने कागजातहरू।
- माथि उल्लिखित देशहरूमा यात्रा गर्नुको कारण स्पष्ट गरिएको निवेदन।
- नियमानुसार तोकिएको शुल्क।
- भारतमा मृगौला वा कलेजो प्रत्यारोपणका लागि दूतावासबाट सिफारिसपत्र लिन आवश्यक कागजातहरू के के हुन्?
- नेपाल सरकारको कन्सुलर सेवा विभागको सिफारिस।
- सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस।
- दाता र प्राप्तकर्ताबीचको नाता प्रमाणपत्र।
- नेपाल सरकारको मेडिकल बोर्डको सिफारिस।
- नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अनुमति पत्र।
- दाता र प्राप्तकर्ताको नागरिकता वा राहदानीको प्रतिलिपि।
- दाता र प्राप्तकर्ताको सहमति पत्र।
- दाता र प्राप्तकर्ताका फोटोहरू।
- NOC का लागि निवेदन।
- दिने व्यक्ति महावाणिज्यदूतावासमा उपस्थित हुनुपर्नेछ।
- नेपालबाट भारतमा उच्च शिक्षा अध्ययनका लागि NOC प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन्?
- नेपालमा प्राप्त शैक्षिक प्रमाणपत्रहरू नेपाल सरकारको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको हुनुपर्ने
- सबै शैक्षिक प्रमाणपत्रहरूको सक्कल प्रति।
- नेपाली नागरिकता वा राहदानी।
- नियमानुसार तोकिएको शुल्क।
- नेपाली नागरिकले भारतीय नागरिकसँग विवाह गर्न पश्चिम बङ्गालमा विवाह दर्ताका लागि NOC प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन्?
- नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा प्रमाणीकरण गरिएको अविवाहित प्रमाणपत्र।
- अभिभावकको स्वीकृति पत्र।
- दुबै तर्फको अभिभावकको नागरिकता प्रमाणपत्र/राहदानीको प्रतिलिपि।
- नवविवाहित जोडीको नागरिकता प्रमाणपत्र वा राहदानीको प्रतिलिपि।
- विवाह समारोहको बेला खिचिएको फोटो।
- नवविवाहित जोडी दूतावासमा व्यक्तिगत रूपमा उपस्थित हुनु पर्ने।
- NOC का लागि निवेदन पत्र।
- नियमानुसार तोकिएको शुल्क
- विवाह प्रमाणपत्र/प्रहरी प्रतिवेदन/जन्म दर्ता/स्वास्थ्य प्रमाणपत्र/शैक्षिक प्रमाणपत्र दूतावासबाट प्रमाणित (Attested/Apostilled) गर्न के गर्नुपर्छ?
- दूतावासमा प्रमाणीकरणका लागि पेश गरिने कागजातहरू पहिले सम्बन्धित सरकारी निकायबाट र त्यसपछि नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भएका हुनुपर्दछ।
- प्रमाणित गर्नुपर्ने कागजातहरूको प्रतिलिपि तथा अन्य आवश्यक कागजातहरू
- दूतावासले उपलब्ध गराएको निवेदन फारम भरी कागजातको आवश्यकताको कारण खुलाई दूतावासमा पेश गर्नुपर्दछ।
- भारतमा मृत्यु भएको नेपाली नागरिकको शव नेपाल लैजान NOC प्राप्त गर्न कुन कागजातहरू चाहिन्छ?
- मृत्यु प्रमाणपत्रको प्रतिलिपि
- प्रहरी प्रतिवेदन / पी.सी.सी प्रतिलिपि
- मृतकको नागरिकता व राहदानीको प्रतिलिपि
- आफन्तको (शव लैजाने व्यक्ति) नागरिकता/राहदानीको प्रतिलिपि
- आफन्तद्वारा दूतावास समक्ष एैन.ओ.सी. पत्रका लागि पेश गरिएको निवेदन।
वाणिज्यसँग सम्बन्धित:
प्रश्न 1. नेपाल भारतवीच व्यापार तथा पारवहन सुविधा सम्बन्धमा भएका सन्धि सम्झौताहरु के के छन?
उत्तरः नेपाल भारतवीच व्यापार तथा पारवहन सुविधा सम्बन्धमा देहायबमोजिमका सन्धि सम्झौता रहेका छन्।
- नेपाल भारत व्यापार सम्झौता (सन् 2009)
- नेपाल भारत पारवहन सम्झौता (सन् 2023)
- अनधिकृत व्यापार नियन्त्रणमा सहयोग सम्बन्धी नेपाल भारत सम्झौता (2009)
- रेल सेवा सम्बन्धी नेपाल भारत सम्झौता (2004)
प्रश्न 2. नेपाल भारत पारवहन सन्धिबमोजिम नेपालले तेस्रो मुलुकबाट मालसामान आयात गर्न के कस्तो सुविधा प्राप्त गरेको छ?
उत्तरः नेपाल-भारत पारवहन सन्धि (2023) बमोजिम नेपालले भूपरिवेष्टित मुलुक हुनुका नाताले भारतको भूभाग हुँदै समुद्रसम्म पँहुच र पारवहन स्वतन्त्रता (Freedom of Transit) प्राप्त गरेको छ। यसअन्तर्गत नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट आयात गर्ने मालसामानका लागि कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सुविधा पाएका छन्। यसरी आउने पारवहन कार्गोमा भारत सरकारले कुनै पनि प्रकारको भन्सार महशुल वा अतिरिक्त कर लगाउन पाउँदैन । कोलकाता बन्दरगाह क्षेत्रमा नेपाली कार्गो सहज भण्डारणका लागि छुट्टै गोदाम र सेडको सुविधासमेत सुनिश्चित गरिएको छ ।
प्रश्न 3. भारत हुदै तेस्रो मुलुकसँग हुने आयात वा निर्यातको हकमा त्यस्तो मालसामानमा भारतले भन्सार महशुल वा कुनै शुल्क लिने गरेको छ?
उत्तर- नेपाल भारत पारवहन सम्झौता, 2023 को प्रावधान बमोजिम तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने सामानहरू वा नेपालबाट तेस्रो मुलुकमा हुने निर्यातजन्य सामानहरु (Traffic in Transit) मा भारतले कुनै प्रकारको भन्सार महशुल वा अतिरिक्त कर नलाग्ने प्रावधान रहेको छ। भारतीय भूमिबाट हुने पारवहनको क्रममा ढुवानी सेवावापत लाग्ने वास्तविक भाडा र सेवा शुल्क (Transportation costs and service charges) मात्र व्यवसायीले तिर्नुपर्छ।
प्रश्न 4. भारतीय भूमि हुँदै तेस्रो मुलुकसँग नेपालका लागि आयात तथा निर्यात गर्न तोकिएका मार्ग र बन्दरगाहहरू कुन कुन हुन् ?
उत्तर- नेपाल भारत पारवहन सम्झौता,2023 को प्रोटोकल र मेमोरण्डम (MOU) मा पश्चिम बंगालस्थित कोलकाता र हल्दिया बन्दरगाह तथा आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहमार्फत् आयात/निर्यात गर्ने व्यवस्था रहेको छ। सोही सम्झौता र प्रोटोकल बमोजिम आयात तथा निर्यातको लागि Entry and Exit Points र Route हरुको व्यवस्था गरिएको छ। कोलकाता/हल्दिया बन्दरगाहबाट नेपालका विभिन्न नाकाहरु जोड्ने १५ वटा पारवहन सडक मार्गको व्यवस्था गरेको छ। त्यसैगरी सबै प्रकारका कार्गोहरुका लागि पारवहन रेलमार्गको हकमा कोलकाता/हल्दिया बन्दरगाहबाट रक्सौल हुँदै वीरगञ्ज सुख्खा बन्दरगाहसम्म, जोगवनी हुँदै विराटनगर एकीकृत भन्सार चौकीसम्म र नौतन्वासम्म रेलमार्गको व्यवस्था रहेको छ। साथै, विशाखापट्टनम बन्दरगाह मार्फत नेपालका नाकाहरु जोड्ने ४ वटा सडक मार्ग र ३ वटा रेलमार्गको व्यवस्था रहेको छ। यसका साथै जलमार्गको रुपमा कोलकाता/हल्दिया बन्दरगाह देखी साहिबगञ्ज, कालुघाट र वाणारसी मार्फत 4 वटा जलमार्गको समेत व्यवस्था गरेको छ।
सम्झौतामा व्यवस्था भएका सम्पूर्ण सडकमार्गहरु सुचारु रहेका छन्। रेलमार्गहरु मध्ये कोलकाता/हल्दिया र विशाखापट्टनमबाट वीरगञ्ज सम्मको रेलमार्ग सुचारु अवस्थामा छ भने, कोलकाता/हल्दिया देखि विराटनगरसम्मको रेलमार्ग तयार भई सञ्चालनको तयारी कार्य भईरहेको छ। अन्य रेलमार्ग र जलमार्ग हालसम्म सुचारु हुन सकेका छैनन्।
प्रश्न 5. तेस्रो मुलुकबाट आयात गरिएका सामान भारतीय बजारमा बिक्री गर्न पाइन्छ ?
उत्तर: पारवहन सुविधा अन्तर्गत नेपालका लागि आयात गरिएको सामान भारतीय बजारमा अनधिकृत रूपमा बिक्री गर्न पूर्णतः बन्देज छ।
प्रश्न 6. श्यामाप्रसाद मुखर्जी बन्दरगाह अन्तर्गत कुन कुन पोर्ट टर्मिनलहरु पर्दछन, त्यहाँबाट नेपालको भन्सार बिन्दुसम्मको दूरी के कति छ? कुन प्रकारको कार्गो त्यस बन्दरगाहबाट आउने गर्दछ?
उत्तरः श्यामाप्रसाद मुखर्जी बन्दरगाह नेपालको सबैभन्दा नजिक रहेको परम्परागत बन्दरगाह हो। कलकत्ता पोर्ट र हल्दिया पोर्ट गरी मूख्य रुपमा दुईवटा पोर्टहरु यस बन्दरगाह मातहत रहेका छन्।कोलकाता देखि नेपालका प्रमुख भन्सार विन्दुसम्मको दूरी (सडक मार्गबाट):
- कोलकातादेखि वीरगन्ज (रक्सौल नाका): करिब ७00 कि.मी.
- कोलकातादेखि विराटनगर (जोगबनी नाका): करिब ६00 कि.मी.
- कोलकातादेखि भैरहवा (सुनौली नाका): करिब ९00 कि.मी.
- कोलकातादेखि काँकरभिट्टा (पानीट्याङ्की नाका): करिब ६२0 कि.मी.
श्यामाप्रसाद मुखर्जी बन्दरगाह मार्फत विशेषगरी कन्टेनर कार्गो (२0/४0 फिट), बल्क कार्गो (जस्तै: कोइला, रासायनिक मल, जिप्सम, खाद्यान्न), र ब्रेक-बल्क कार्गो (जस्तै: फलामका रड, कच्चा पदार्थ र ठूला मेसिनरीहरू) जस्ता सामानहरु नेपाल आयात हुन्छ।
प्रश्न 7. के तेस्रो मुलुकबाट आयातित सामान कोलकाता भन्सारबाट छुटाई नेपाल लैजान नेपाली महावाणिज्यदूतावास कोलकाताको सिफारिस चाहिन्छ?
उत्तर: नेपाल भारत पारवहन सम्झौताको प्रावधान बमोजिम प्रतितपत्र (Letter of Credit) बिना आयात भई मालवाहक साधनबाट नेपाल जाने ढुवानी हुने मालसामानको हकमा मात्र नेपाली महावाणिज्यदूतावास कोलकाताको No Objection Certificate (NOC) पत्र आवश्यक हुन्छ।
प्रश्न 8. नेपाली महावाणिज्यदूतावास कोलकाताबाट No Objection Certificate (NOC) पत्र जारी गर्न आवश्यक कागजातहरु के-के हुन?
उत्तरः No Objection Certificate (NOC) पत्र जारी गर्न आवश्यक कागजातहरुः
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयात गर्नको लागि प्रदान गरिएको NOC पत्रको प्रतिलिपि
- Bill of Lading
- Commercial Invoice
- Customs House Agent लाई दिईएको आधिकारिक पत्र (Authorization Letter)
- नेपाल सरकारले आयात गर्ने हकमा सम्बन्धित मन्त्रालय/निकायको पत्र
प्रश्न 9. नेपाली महावाणिज्यदूतावास कोलकाताबाट No Objection Certificate (NOC) पत्र प्राप्त गर्ने प्रकिया के हो ?
उत्तरः No Objection Certificate (NOC) पत्र प्राप्त गर्न नेपाली व्यवसायीले कोलकाता कस्टम हाउसको आधिकारिक एजेन्ट मार्फत माथि उल्लिखित कागजातहरु संलग्न गरी नेपाली महावाणिज्यदूतावास कोलकाताको आधिकारिक इमेलमा उक्त कागजातहरु सहित NOC पत्र माग गर्ने निवेदन दिनुपर्दछ। उक्त निवेदन र संलग्न कागजातहरु अध्ययन गरी महावाणिज्यदूतावासले NOC पत्र जारी गरी कोलकाता कस्टमलाई इमेल मार्फत पत्र पठाउने व्यवस्था रहेको छ।
प्रश्न 10. कोलकाता भन्सारबाट जाँचपास भई छुटेको सामान नेपाल नपुगेको खण्डमा के हुन्छ?
उत्तर: यस्तो अवस्थामा आयातकर्ताले उक्त सामानको भारतमा पर्ने प्रचलित बजार मूल्य (Market Value) र सामानको वास्तविक मूल्य (CIF Value) बीचको फरक बराबरको रकम भारतीय भन्सारलाई तिर्नुपर्ने प्रावधान नेपाल भारत पारवहन सम्झौता र सोको प्रोटोकल तथा मेमोरण्डममा रहेको छ।
प्रश्न 11. के महावाणिज्यदूतावास आफैले प्रत्यक्ष रूपमा कार्गो क्लियरिङ र गोदाम को व्यवस्थापन गर्ने गर्दछ?
उत्तर: महावाणिज्यदूतावास आफैले प्रत्यक्ष रूपमा कार्गो क्लियरिङ र गोदामको व्यवस्थापन कार्य गर्दैन। महावाणिज्यदूतावासले कूटनीतिक तहमा सहजीकरण र समन्वयको काम मात्र गदर्छ। कोलकाता बन्दरगाह क्षेत्रमा नेपाली पारवहन कार्गोको भौतिक क्लियरिङ, फर्वार्डिङ र भण्डारण सम्बन्धी व्यावसायिक कार्य नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड (NTWCL) को शाखा कार्यालयले गर्दछ। महावाणिज्यदूतावासले NTWCL सँग निरन्तर समन्वय गरी ढुवानीमा आउने अवरोधहरू हटाउन सहजिकरण गर्छ। साथै, नेपाली पारवहन कार्गोको भौतिक क्लियरिङ लगायतका कार्य भारतीय भन्सारले अनुमति दिएका कस्टम हाउस एजेन्ट मार्फत समेत नेपाली व्यवसायीले गराउन सक्दछन्।
प्रश्न 12. इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ECTS) के हो?
उत्तर: बन्दरगाहबाट रेलमार्ग हुँदै पारवहन हुने कार्गोको हकमा इलेक्ट्रोनिक तरिकाले कार्गो ट्र्याकिङ गर्ने प्रणाली (ECTS) हो। यस प्रणाली अन्तर्गत रेल मार्फत ढुवानी हुँदा कार्गो कन्टेनरमा इलेक्ट्रोनिक सिल लगाएर सिधै नेपाली भन्सार बिन्दुसम्म ट्रयाक गर्ने व्यवस्था छ।
प्रश्न 13. यदि कुनै सिपिङ कम्पनीले कोलकाता बन्दरगाहमा अत्यधिक वा गैरकानुनी रूपमा डिटेन्सन/डेमरेज शुल्क दाबी गरेमा नेपाली व्यवसायीले के गर्नुपर्छ?
उत्तर: यदि नेपाल-भारत पारवहन सन्धिका प्रावधान वा अन्तर्राष्ट्रिय सामुद्रिक व्यापारिक अभ्यास विपरित कुनै शुल्क मागिएमा व्यवसायीले कन्टेनर नम्बर, बिल अफ लेडिङ (B/L), सिपिङ लाइनको विवरण र विवादित शुल्कको विस्तृत विवरण खुलाएर महावाणिज्यदूतावासमा लिखित निवेदन दिनुपर्दछ। महावाणिज्यदूतावासले उक्त विषयको अध्ययन गरी जायज देखिएमा सम्बन्धित सिपिङ लाइन एशोसिएशन वा भारतीय अधिकारीसँग समन्वय गरी समस्या समाधानका लागि प्रयास गर्दछ।
प्रश्न 14. नेपालको लागि आयात गरिएको मालसामान विविध कारणले गन्तब्यमा पुग्न नसकेमा वा पुगेर पनि उत्पत्ति भएको मूलकमा नै फिर्ता गर्नु परेमा के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्छ?
उत्तरः नेपालको लागि आयात गरिएको मालसामान बिच गन्तव्यमा वा नेपाल पुगेपछि विविध कारणवस उत्पत्ति भएको मुलुकमा फिर्ता गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति चाहिन्छ। विभागको सिफारिसमा महावाणिज्यदूतावासले कोलकाता भन्सारलाई उक्त मालसामान उत्पत्ति भएको मुलुकमा फिर्ता लैजान दिन सिफारिस गर्न सक्दछ।