Power of Attorney

अधिकृत वारेशनामाका लागि पेश गर्नु पर्ने कागजातहरू र अन्य जानकारीः

  • अधिकृत वारेशनामा लिने तथा दिनेको पूरा परिचय खुल्ने गरी विस्तृत विवरण सहित निर्धारीत ढाँचामा कानून व्यवसायीद्वारा लेखिएको र नेपाली कागतमा कम्प्यूटर प्रिन्ट भएको अधिकृत वारेशनामाको कागजात २ प्रति ।
  • अधिकृत वारेशनामा लिने दिने दुवैको नागरिकताको प्रमाणपत्रको सक्कल र फोटोकपी १/१ प्रति ।
  • अधिकृत वारेशनामा लिने दिने दुवैको फोटो १/१ प्रति हरेक अधिकृत वारेशनामाको कागजातमा टाँसीएको हुनु पर्ने ।
  • जग्गा किनबेचसंग सम्वन्धित अधिकृत वारेशनामा भएमा अधिकृत वारेशनामा लिने दिने जग्गाको लालपूर्जाको फोटोकपी र मालपोत बुझार्इएको रसिदको फोटोकपी ।
  • के का लागि अधिकृत वारेशनामा लिने वा दिने सो सम्वन्धी कागजातको फोटोकपी १ प्रति ।
  • उपरोक्त कागजात यस महावाणिज्यदूतावासबाट स्विकृत भएमा निर्धारित ढाँचामा निवेदन दिन सक्नु हुनेछ।
  • अधिकृत वारेशनामा दिने व्यक्ति महावाणिज्यदूतावासमा आफैं अनिवार्य उपस्थित हुनु पर्ने छ ।
निवेदनका लागि यो फाराम भर्नुहोला