सवारी चालक/मेसेन्जरको पदमा करार नियुक्तिका लागि कर्मचारी छनौट गरिएको सूचना।

सवारी चालक/मेसेन्जरको पदमा करार नियुक्तिका लागि कर्मचारी छनौट गरिएको सूचना।

 

यस महावाणिज्यदूतावासमा रिक्त रहेको हलुका सवारी चालक/ड्राइभर/मेसेन्जर पदमा करारमा लिने विषयको मिति १७ अप्रिल २०२३ को सूचना/विज्ञापन बमोजिम तोकिएको म्याद भित्र रितपूर्वक आवेदन पर्न आएका आवेदकहरूका लागि १७ मे २०२३ मा यस दूतावासमा लिइएको प्रयोगात्मक/ड्राइभिङ सिप परिक्षण एवं अन्तरवार्ताको चरणको परिक्षामा सहभागी भएका आवेदकहरू जम्मा ३ जना मध्यबाट देहायका व्यक्तिको लागि करारमा नियुक्ति गरी कामकाजमा लगाउने गरी छनौट गरिएको छ । साथै देहायका व्यक्तिलाई वैकल्पिक उम्मेदवारका रूपमा छनौट गरिएको व्यहोरा समेत सम्बद्ध सबैलाई सूचित गरिएको छ । छनौट भएका उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस दूतावासमा सम्पर्क गरी करार सम्झौता गर्न आउनु हुन र सो समयमा सम्झौता गर्न नआएको खण्डमा अन्यथा वैकल्पिक उम्मेदवारलाई करारमा लिने गरी प्रक्रिया अघि बढ्ने व्यहोरा समेत जानकारी गराइएको छ ।

 देहाय

छनौट भएको उम्मेदवारः- श्री कदम व. थापा, ज्यामरूङ, धादिङ।

वैकल्पिक उम्मेदवारः-   श्री राजु श्रेष्ठ, कटारी, उदयपुर।

सूचना प्रकाशन मितिः २०८०।०२।०५

 नेपाली महाबाणिज्यदूतावास, कोलकाता