Consular Service Charges

कन्सुलर सेवाहरूका लागि सेवा शुल्कसम्बन्धी सूचना !

मितिः २०८१/०५/२०

यस महावाणिज्यदूतावासबाट प्रदान गरिने विभिन्न कन्सुलर सेवाहरूका लागि नेपाल सरकारले अमेरिकी डलर तथा नेपाली रूपैयामा निर्धारण गरेको दस्तुर/सेवा शुल्कलाई २०८१/०५/२० देखि लागू हुने गरी देहाय बमोजिम भारतीय रूपैंयामा तोकिएको व्यहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

क्र. सं. सेवाको विवरण समायोजित शुल्क भा.रू मा
साधारण राहदानी नयाँ बनाउन र नवीकरण गर्न क.     चौतिस पृष्ठको ७,०००/-
ख.     छैसठ्ठी पृष्ठको १४,०००/-
ग.      दश वर्ष भन्दा कम उमेरका नाबालकको चौतिस पृष्ठको हकमा ३,५००/-
पाना च्यातिएको केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुगेको वा हराएको कारणले नयाँ राहदानी बनाउन माथि तोकिएको भन्दा दोब्बर दस्तुर लाग्ने
पर्यटक प्रवेशाज्ञा १५ दिने २,५००/-
३० दिने ४,५००/-
९० दिने १०,५००/-
मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता वा यस्तै प्रकारका श्रम सम्बन्धि सेवाहरू, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र,  जन्मदर्ता/मृत्युदर्ता/सम्बन्ध विच्छेद प्रमाणपत्र, नेपाली नागरिकता परित्यागको प्रमाणपत्र वा अन्य यस्तै प्रकारका कागजात प्रमाणिकरण ३,५००/-
शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विधार्थीहरूलाई आवश्यक पर्ने विभिन्न कागजातहरू ५००/-
बैँक तथा वित्तिय संस्थाबाट जारी भएका कागजात प्रतिलिपी प्रमाणीकरण वा बसाइसराई वा प्रहरी  प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र एफिडेभिट उत्पतिको प्रमाणपत्र वा यस्तै अन्य कागजातहरू प्रमाणीकरण ४,४२०/-
अधिकृत वारेसनामा प्रमाणित अचल सम्पत्तिको हक हस्तान्तरण तीन पुस्ताभित्र ३१२.५०/-
तीन पुस्ता वाहेकको हकमा ३१२५/-
अन्य वारेस ३१२.५०/-

*अन्य सेवा शुल्कहरू नेपाली राजदूतावास, नयाँ दिल्लीले तोके बमोजिम हुने गरी,

साथै निम्नानुसारका सेवाहरूमा शुल्क नलाग्ने व्यहोरा समेत सबैमा जानकारीका लागि सूचित गरिएको छः

१. विरामी, असहाय, मृत्यु भएका नेपालीहरुका विषयमा भारत सरकारका सम्बद्ध निकायमा गरिने पत्राचार/सिफारिश।

२. उद्धार / मानवीय राहत / आकस्मिक दुर्घटनाजन्य विषयमा सम्बद्ध भै भारत सरकारका निकायमा गरिने पत्राचार/ सिफारिश ।