अत्यन्त जरूरी सूचना

अत्यन्त जरूरी सूचना

   नेपालका दूर्गम एवं ग्रामिण क्षेत्रहरूका विपन्न परिवारका युवाहरूलाई विभिन्न प्रलोभन, दवाव, प्रभावमा पारी ललाई फकाई वा ठूलो रकम प्राप्त हुने लोभ देखाई भारत, पश्चिम बंगाल राज्यका विभिन्न शहर विशेषत: कोलकातामा मानव अङ्ग प्रत्यारोपण प्रयोजनका लागि ल्याउने गरेको र यसबाट विपन्न नेपाली युवाहरू अत्यन्त गंभिर रूपमा पिडित हुन पुगेको भन्ने व्यहोराका समाचारहरू, सूचनाहरू बेलाबेलामा प्रकाशन हुने गरेका छन् । यस प्रति यस नियोगको गंभिर ध्यानाकर्षण भएको छ । सम्पूर्ण नेपाली नागरिकहरू प्रति त्यस प्रकारका प्रलोभन, ललाई फकाई र भ्रममा नपर्न अनुरोध गर्दै नेपालको प्रचलित कानूनले विदेशमा गई उपचार गर्नुपर्दा / अङ्ग प्रत्यारोपणका लागि तोकिएका सम्पूर्ण प्रक्रिया पूरा गरेका विरामीहरूले मात्रै अङ्ग प्रत्यारोपणका लागि विदेश विशेषत: भारतको पश्चिम बंगाल आउनुहुन सम्बद्ध सबैलाई समेत अनुरोध छ ।
२०७९/०८/०९