NOC for Liver/Kidney Transplant

 

No Objection Certificate (NOC) for Liver / Kidney Transplant:

पश्चिम बंगालमा किड्नी वा लिभर प्रत्यारोपण गराउनको लागि नेपाली महावाणिज्य दूतावासबाट सिफारिश लिंदा आवश्यक पर्ने कागजातहरु

१. सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट दिने र लिनेको फोटो टाँसी नाता प्रमाणित गरेको प्रमाण पत्र।

२. स्वास्थ्य मन्त्रालयबाट दिएको “नो अब्जेक्सन लेटर” ।

३. किड्नी/लिभर दिनेको “मंजुरीनामा” ।

४. किड्नी/लिभर दिनेको परिवारले किड्नी दिएमा कुनै आपत्ति नहुने भन्ने मंजुरीनामा ।

मथि उल्लिखित सबै कागजातहरु अंग्रेजीमा अनुवाद गरी परराष्ट्र मन्त्रालयबाट प्रमाणित भई आउनु पर्ने । 

सेवा शुल्कः निःशुल्क